• Wed. Jan 15th, 2025

रासविस.झापाले भद्रपुरमा ‘भाक्का पीठ उत्सव’ मनाउने

BySaptahik Samachar

२० पुष २०८१, शनिबार १६:४५ २० पुष २०८१, शनिबार १६:४५ २० पुष २०८१, शनिबार १६:४५

भद्रपुर २०, पुस / राजवंशी समाज विकास समिति ‘ रासविस. ‘को  झापा जिल्ला समितिले पुस २८ गते भाक्का पीठ उत्सव मनाउने भएको छ । रासविस. झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले राजवंशी समुदायको मौलिक खानाहरुको संरक्षण सम्बर्द्धनका लागि भाक्का पीठ उत्सव मनाउन लागिएको बताउनुभयो ।

उत्सवमा राजवंशीहरुको  मौलिक परिकारहरू पेल्का,छेका, फोक्दो, सुकाती,सिदल चटनी,खारी (बैगुन, वन्दाकोभी र पाटा ) र अर्ग्यानिक सोडाको प्रदर्शनी गरिनेछ । त्यस्तै, भाक्कासँगै पीठ ,चिप्स र लड्डु पनि उत्सवमा राखिनेछ ।

रासविस.ले पत्रकारसँगको भेटमा दिएको जानकारी अनुसार पुस २९ गते आठौ भाक्का दिवस मनाइरहँदा २८ गते उत्सव मनाउने निर्णय भएको जनाएको हो ।

स्थानीय डेग्लो होटलमा हुने भाक्का उत्सवमा राष्ट्रिय कलाकार टंक बुढाथोकी सहित भारत पश्चिम वंगालको सिलिगुरी,दार्जीलिङ, आसामका जातीय सांस्कृतिक कलाकार टोलीको सहभागिता रहनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा रासविस. झापाका अध्यक्ष राजवंशी सहित उपाध्यक्ष जीतलाल राजवंशी र सदस्य राजकुमार राजवंशीको उपस्थिति थियो ।

One thought on “रासविस.झापाले भद्रपुरमा ‘भाक्का पीठ उत्सव’ मनाउने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *