• Sat. Jan 17th, 2026

राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय

Bysaptahiksamachar

२ चैत्र २०७७, सोमबार २०:०९ २ चैत्र २०७७, सोमबार २०:०९ २ चैत्र २०७७, सोमबार २०:०९

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं सांसद गणेश पहाडीले सेतोपाटीलाई जानकारी दिए।

पहाडीका अनुसार खनाल-नेपाल समूह यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ।
सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको निश्कर्ष निकाल्दै आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू गर्ने निर्णय गरेका हुन्।

‘ओली समस्या समाधानमा केन्द्रित हुनेभन्दा पनि प्रतिक्रियात्मक बढ्ता देखिएका कारण यथास्थितिमा ओलीले निम्ता गर्ने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छौं’, उनले भने, ‘सुरूमा मिठा कुरा गरेर पछि खस्रा कुरा गरेपछि हामी पनि पछि नहट्ने भएका हौ।’

‍उनले आज केपी ओलीले बोलाएको भेला मूलत हाम्रो कार्यकर्ता भेला रोक्नकै लागि बोलाएको देखिएको भन्दै ओलीले २८ फागुनको निर्णय सच्याउनुपर्ने र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने निर्णयमा अडिग रहेको बताए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए । तर,  अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताएका थिए।

साभार : setopati

9 thoughts on “राष्ट्रिय भेला नरोक्ने, ओलीको चियापानमा नजाने खनाल-नेपाल समूहको निर्णय”
  1. Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchsòng bạc

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *