• Mon. Mar 9th, 2026

रक्तदाता दिवसमा ४३ पिन्ट रगत संकलन

BySaptahik Samachar

३१ जेष्ठ २०८२, शुक्रबार १५:४८ ३१ जेष्ठ २०८२, शुक्रबार १५:४८ ३१ जेष्ठ २०८२, शुक्रबार १५:४८

भद्रपुर ३० ,जेठ / विश्व रक्तदाता दिवसको अवसरमा भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी भद्रपुर उपशाखा, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुरको   संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो ।

भद्रपुर ५ को वडा प्रहरी कार्यालय अगाडि खुला स्थानमा राखिएको रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज लोककृष्ण दाहालसहित वडा प्रहरी कार्यालय र चन्द्रगढी युथ क्लबको उल्लेख्य सहयोग रहेको  भद्रपुर रेडक्रसका अध्यक्ष केदार महतले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र भदपुरका अध्यक्ष शिला खड्काको अध्यक्षता र भद्रपुर ५ नं.वडाका कार्यवाहक वडाध्यक्ष  जेष्ठमल ठाकुरको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा स्वागत मन्तव्य सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तोयानाथ गड्तौलाले राख्नु भएको थियो। रक्तदान कार्यक्रमलाई नेरेसो.रक्तसञ्चार सेवा भद्रपुरको प्राविधिक सहयोग रहेको थियो।

12 thoughts on “रक्तदाता दिवसमा ४३ पिन्ट रगत संकलन”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *