• Thu. Apr 17th, 2025

यूराशिया रेयूकाई २८औं शाखाको स्थापना दिवस सम्पन्न

BySaptahik Samachar

१ चैत्र २०८१, शनिबार १८:२५ १ चैत्र २०८१, शनिबार १८:२५ १ चैत्र २०८१, शनिबार १८:२५

भद्रपुर २,चैत / यूराशिया रेयूकाई २८ औं शाखा भद्रपुरको १८ औं स्थापना दिवस एवं भव्य भेला सम्पन्न भएको छ।
   भद्रपुर नगर उप प्रमुख राधा कार्कीको प्रमुख आतिथ्य र ८ नम्बर वडा अध्यक्ष गौरब सुब्बा- मनोजको आतिथ्यमा शनिबार आफ्नै हलमा  १८औं स्थापना दिवस एवं सन् २०२५ को भेला सम्पन्न भएको हो। 
प्रमुख अतिथि र अतिथिको आशनबाट बक्ताद्वयले आफ्ना जीवनको स्रोतप्रति कृतज्ञ हुन अभ्यास गराउने आध्यात्मिक संस्था भद्रपुरस्थित यूराशिया रेयूकाई २८ औं शाखाको मुख्य हल भद्रपुरमा हुनु गर्बको कुरा भएको, गतबर्ष नै भत्केको बनाउन नगर पालिकाबाट सहयोग गर्छौं भने पनि बिबिध कारणले नसकिएकोले यस बर्ष मौका पाउने छौं भन्दै भेलाको सफलताको शुभ कामना दिनु भयो ।

बालिका सुश्री हिमानी कर्णको संचालन र  प्रौढ  स्पाउस शिबुचो भद्रशिला श्रेष्ठको अगुवाइमा प्रार्थना गरी संचालन भएको भेलामा झापा, इलाम, फिदिम, धरान, बिराटनगरका ९० जना र १२ जना बालबालिका साथै धुलिखेल, काठमाडौं र जापानबाट सामाजिक सञ्जाल जुममा ११ जनाले सहभागिता  जनाएका थिए।
    दिब्यज्योति शिबुचो मुक्तिनाथ दाहालले स्वागत, हेमकुमार श्रेष्ठले कृतज्ञता, होजाशु  मोनिका लकान्द्री र शिबुचो चेतना न्यौपानेले रेयूकाई शिक्षाको अभ्यासबाट पाएको अनुभव , शाखा अध्यक्ष रत्नकुमार श्रेष्ठले सन २०२५ को कार्य योजना र मिहाता शिबुचो लालकुमार श्रेष्ठले शाखाको बिशेष प्रतिवेदनका साथ रेयूकाई शिक्षा बारे प्रकाश पारेको कार्यक्रममा यूराशिया रेयूकाईकी संरक्षक श्रीमती हिरोको मासुनागाले जुममा जापानबाटै जिम्मेवारी र कर्तब्य बारे मार्ग निर्देशन गर्नु भएको जनाइएको छ ।

समारोहमा छ जना बालबालिका पुरस्कृत, ८ जना शिबुचोलाई २० बर्ष समर्पित अभ्यास गरे बापत अन्तर्राष्ट्रिय रेयूकाई जापानबाट प्राप्त प्रमाणपत्र र उपहार हस्तान्तरण, ११ जना शिबुचोलाई सम्मान पत्र साथै यूराशिया रेयूकाईबाट प्राप्त उत्कृष्ट शाखाको रुपमा प्रशंसा पत्र र उपहार समेत हस्तान्तरण गरिएको मिहाता शिबुचो श्रेष्ठले जनाउनु भयो।

One thought on “यूराशिया रेयूकाई २८औं शाखाको स्थापना दिवस सम्पन्न”
  1. Thank you for sharing superb informations. Your site is so cool. I’m impressed by the details that you’ve on this site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for extra articles. You, my friend, ROCK! I found simply the information I already searched all over the place and simply couldn’t come across. What a perfect web site.

Leave a Reply

Your email address will not be published. Required fields are marked *