• Tue. Dec 9th, 2025

मेची आँखा अस्पताल बिर्तामोडको २९ औँ स्थापना दिवस सम्पन्न

BySaptahik Samachar

३० कार्तिक २०८२, शनिबार २१:२३ ३० कार्तिक २०८२, शनिबार २१:२३ ३० कार्तिक २०८२, शनिबार २१:२३

भद्रपुर २९ , कार्तिक / मेची आँखा अस्पताल बिर्तामोडको २९औँ स्थापना दिवस (वार्षिकोत्सव) भव्य रुपमा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराको प्रमुख अतिथ्यमा शनिबार भएको कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष जलकुमार गुरुङले गर्नुभएको थियो भने  महासचिव सुरज खत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो।
उपाध्यक्ष सुरेशकुमार बंशलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले संस्थाको वार्षिक प्रगति, सेवा विस्तार तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्दै विगत एक वर्षमा अस्पतालबाट २ लाख ७६ हजार ३०२ जनाले सेवा लिएको र ३६ हजार २४ जनाको आँखा अपरेसन गरिएको जानकारी दिनुभयो।
    कार्यक्रममा संस्थापक सदस्य चण्डी पराजुलीलाई विशेष सम्मान गरिएको थियो। सो सम्मान पराजुलीकी पत्नी यसोदा पराजुलीले ग्रहण गर्नुभएको थियो। सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक- कर्मचारीहरु डा. अशेष कोइराला, निरज दाहाल,सरिता संग्रौला ,मालती तामाङ, अस्पताल अन्तर्गतको दमक आँखा उपचार केन्द्रका सन्तोष पौडेल , प्रशासनका डिल्ली सिटौला ,आईटी तर्फका नन्दु ताजपुरिया, सुरक्षाकर्मी धनबहादुर बस्नेत र सरसफाइकर्मी रमिता ढुङ्गानालाइ सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतारा, आइ केयर फाउन्डेसनका अनिल गोर्खाली, संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, अस्पतालका संस्थापक डा. गोपालप्रसाद पोखरेल तथा सम्मानितको तर्फबाट कुशुम पराजुलीले शुभकामना तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

7 thoughts on “मेची आँखा अस्पताल बिर्तामोडको २९ औँ स्थापना दिवस सम्पन्न”
  1. My spouse and I absolutely love your blog and find the majority of your post’s to be exactly I’m looking for. Would you offer guest writers to write content for you personally? I wouldn’t mind writing a post or elaborating on many of the subjects you write about here. Again, awesome site!

  2. game 66b Cùng với hệ thống bảo mật đạt chuẩn SSL 256-bit và đội ngũ hỗ trợ khách hàng 24/7, nhà cái từng bước xây dựng được hình ảnh một nhà cái trẻ nhưng cực kỳ bản lĩnh.

  3. Thông qua hệ thống tường lửa WAF 5 lớp và công nghệ mã xác thực 2AF, trang chủ 66b ẩn danh tuyệt đối mọi tài khoản người chơi đồng thời, mã hóa toàn bộ hoạt động khi hội viên truy cập, sử dụng dịch vụ, sản phẩm. Vì thế, bạn hoàn toàn có thể yên tâm khi cá cược tại đây.

  4. It¦s in reality a nice and helpful piece of information. I am happy that you shared this useful info with us. Please keep us up to date like this. Thank you for sharing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *