• Sat. Oct 5th, 2024

भद्रशिवा सहकारीको साधारण सभा सम्पन्न

BySaptahik Samachar

२९ भाद्र २०८१, शनिबार १९:१५ २९ भाद्र २०८१, शनिबार १९:१५ २९ भाद्र २०८१, शनिबार १९:१५

भद्रपुर २९,भदौ / महिलाहरूद्वारा सञ्चालित झापा भद्रपुर नगर पालिका वडा नम्बर-८ मा रहेको भद्रशिवा महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष सुमिका खनालको सभापतित्वमा आज साधारण सभा सम्पन्न भएको हो ।

भद्रशिवा भगवती मन्दिर परिसरमा भएको साधारण सभामा शेयर सदस्यहरूमध्येबाट जेष्ठ महिला सदस्यका रूपमा तारादेवी भूर्तेललाई सम्मान गरिएको छ।त्यस्तै ,
असल बचतकर्ताहरू रानी राजवंशी र पद्मा कार्की ,
उत्कृष्ट ऋणी शकुन्तला राजवंशी र शारदा नेपाल अधिकारी तथा सदस्य सन्तति छात्रवृत्ति कार्यक्रम अन्तर्गत लक्ष्मी भट्टराईकी सुपुत्री स्नेहा भट्टराईलाई पुरस्कृत गरिएको छ।
संस्थाकी अध्यक्ष खनालले वार्षिक प्रतिवेदन र सरिता भट्टराईले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, ८ नम्बर वडा सदस्य भगवती बस्नेत,भद्रपुर नगर पालिकाका सहकारी विभाग प्रमुख नेत्रप्रसाद पोखरेल, सहकारीकर्मीहरू शान्ता भट्टराई बराल र तोशल दाहाल तथा घनेन्द्र शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सारिका भूर्तेलले स्वागत मन्तव्य राखेको उद्घाटन समारोहको सन्चालन सचिव पार्वती रिसाल-दाहालले गर्नु भएको थियो ।आजै बसेको बन्द सत्रले वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ।

One thought on “भद्रशिवा सहकारीको साधारण सभा सम्पन्न”
  1. PEX Pipes in Iraq Elite Pipe Factory in Iraq is renowned for its high-quality PEX pipes, designed for both residential and commercial plumbing systems. Our PEX pipes offer excellent flexibility, durability, and resistance to temperature fluctuations, making them a versatile choice for various applications. As one of the best and most reliable manufacturers in Iraq, Elite Pipe Factory ensures that our PEX pipes are produced to the highest standards, delivering exceptional performance and reliability. For detailed information about our PEX pipes, visit elitepipeiraq.com.

Leave a Reply

Your email address will not be published. Required fields are marked *