• Wed. Jan 15th, 2025

भद्रशिवा आमा समूहको साधारण सभा सम्पन्न

BySaptahik Samachar

६ पुष २०८१, शनिबार १५:३५ ६ पुष २०८१, शनिबार १५:३५ ६ पुष २०८१, शनिबार १५:३५

भद्रपुर ६,पुस / झापाको भद्रपुर-८ मा रहेको भद्रशिवा आमा समूहको २८ औं साधारण सभा भद्रपुर नगर पालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।विक्रम सम्बत् २०५४ को स्वस्थानी पूर्णिमाको दिनबाट शुरू भएको आमा समूहले भद्रशिवा महिला बचत तथा ऋण सहकारी संस्था र भद्रशिवा भगवती मन्दिर समिति गठन गरी सुसञ्चालन गरिरहेको छ।

समूहले विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउनुका साथै मौलिक परम्परालाई जीवन्त राख्दै आय आर्जनलाई पनि प्रोत्साहन गर्ने गरेको छ।
सो क्रममा समूहका सदस्यहरूलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेर स्थानीय तह र सहयोगीदाताहरूको सहयोगमा नौमती बाजाको जोगाड गरेर व्यवसायिकरूपमा भद्रशिवा नौमती बाजा समूह तयार बनाएको छ।जसले शुभ कार्यमा बजाइने गरेको मौलिक नेपाली बाजाको खाँचोलाई पूरा गरेको छ।
भद्रशिवा आमा समूहकी अध्यक्ष प्रमिलादेवी कोइरालाको अध्यक्षतामा आज भएको साधारण सभामा बाजा मर्मतका लागि सहयोग पुर्‍याउने गणेशप्रसाद
+शकुन्तला भट्टराई र रञ्जु शर्मालाई सम्मान गरिएको थियो।

सो साधारण सभालाई प्रमुख अतिथि नगर उपप्रमुख कार्की,भद्रपुर ८ नम्बरकी वडा सदस्य लक्ष्मी परियार, सामाजिक व्यक्तित्वहरू घनेन्द्र शर्मा,गणेशप्रसाद भट्टराई, इमानाथ कट्टेल, तोशल दाहाल, केदार महत र आमा समूहकी संस्थापक पवित्रा ओझाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष कोइरालाले समूहको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनुराधा सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेको सो साधारण सभाको सञ्चालन सचिव शुशीला उप्रेती-प्रसाईंले र स्वागत मन्तव्य सारिका भूर्तेल ढुङ्गानाले गर्नु भएको थियो।

23 thoughts on “भद्रशिवा आमा समूहको साधारण सभा सम्पन्न”
  1. |Tato stránka má rozhodně všechny informace, které jsem o tomto tématu chtěl a nevěděl jsem, koho se zeptat.|Dobrý den! Tohle je můj 1. komentář tady, takže jsem chtěl jen dát rychlý

Leave a Reply

Your email address will not be published. Required fields are marked *