• Tue. Dec 9th, 2025

भद्रपुर झापा गोल्ड कपको दोस्रो संस्करणः दर्शकलाई पुरस्कारै पुरस्कार

BySaptahik Samachar

१८ माघ २०८१, शुक्रबार १७:३७ १८ माघ २०८१, शुक्रबार १७:३७ १८ माघ २०८१, शुक्रबार १७:३७

भद्रपुर १८, माघ / दोस्रो संस्करणको सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकहरूले पुरस्कारै पुरस्कार पाउने भएका छन्।
    टिकट लिएर प्रतियोगिता हेर्न आएका फाइनल खेलका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको छभने नेपाल सुन चाँदी व्यवसायी संघ,झापाको भद्रपुर शाखाले फाइनल खेलका दर्शक मध्ये लक्की ड्रबाट छनोट हुने भाग्यमानी एकजनालाई सुनको सिक्री प्रदान गर्नेछ। भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार व्यवसायी संघले फाइनल वाहेकका अन्य खेलका टिकट खरिदकर्तालाई पनि प्रत्येक दिनको टिकटमा २ जनाले पाउने गरी २ थान चाँदीको सिक्का उपलब्ध गराएको छ। टिकट क्रेता २ जनाले लक्की ड्रबाट नै यो पुरस्कार पाउँछन्- ढकालले भन्नुभयो।

  यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्ने पनि सम्झौता भएको छ।
प्रतियोगितामा विभागीयसहित नेपालका ७ वटा ए डिभिजन क्लबहरू नेपाल पुलिस क्लब,एपीएफ,चर्च ब्वाइज, एनआरटी,मछिन्द्र,झापा -११ र आयोजक भद्रपुर ब्लेजर्स् सहित भूटान ,भारत र बंगलादेशका एक/एक टिमसहित १० वटा टीमको सहभागिता रहने महासचिव जीवनकुमार श्रेष्ठले बताउनु भयो ।
२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी भइरहेको छ -महासचिव श्रेष्ठले भन्नु भयो ‘आजीवन सदस्यहरूलाई थप रू. ५ हजार सहयोग गर्न आह्वान गरिएको छ,त्यसबाट उहाँहरूलाई जर्सी र परिवारका २ जनालाई सिजनल टिकटको व्यवस्था हुनेछ। ‘

दोस्रो संस्करणको यो प्रतियोगिताको टाइटल स्पोन्सर सौर्य एअर लायन्स रहेको छ,अध्यक्ष ढकालले भन्नुभयो-‘ प्रथम हुने टिमलाई आफ्ना पिता माताको नाममा समाजसेवी दाताहरू चण्डीराज ढकाल, नवराज ढकाल, टीकाराज ढकाल, हेमराज ढकालले १३ लाख रूपैयाँको लक्ष्मण-रामरेखा स्मृति पुरस्कार ‘ दिनु हुने भएको छ।
दोस्रो पुरस्कार ७ लाख रहनेछ भने अन्य पुरस्कारको व्यवस्था पनि गरिनेछ । भद्रपुरको मेची रंगशालामा आयोजना भएको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो ।

117 thoughts on “भद्रपुर झापा गोल्ड कपको दोस्रो संस्करणः दर्शकलाई पुरस्कारै पुरस्कार”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *