• Sat. Jan 17th, 2026

भद्रपुर : गुमाएको, टोलाएको भविष्य

BySaptahik Samachar

५ भाद्र २०८२, बिहीबार १४:०४ ५ भाद्र २०८२, बिहीबार १४:०४ ५ भाद्र २०८२, बिहीबार १४:०४

लेखक: राजबाबु शंकर


नयाँ युगको आवश्यकताअनुसार भद्रपुरको सर्वतोमुखी विकास गर्न बृहत् योजना, राजनीतिक प्रतिबद्धता र स्थानीय सरकारको एकचित्त लगन, समर्पण र सहभागिता अपरिहार्य छ । ताकि, विरासत गुमाएको भद्रपुरको भविष्य पनि अब के ?- भनेर आजको जस्तै टोलाउनुपर्ने नियति आउने सन्ततिले भोग्नु नपरोस् ।

नेपालको सुदूरपूर्वमा रहेको झापा जिल्लाको सदरमुकाम भद्रपुरको इतिहास गौरवपूर्ण छ, र छ- लोमहर्षक पनि । देशको यो पूर्वी सीमान्त भूभागमा ७५ वर्ष अघि ‘पूर्वी नेपाल प्रजातान्त्रिक सामयिक सरकार’ थियो । जुन सरकारले २००७ साल मंसीरदेखि २००८ साल असोज ३ गते (९ महिना ७ दिन)सम्म प्रजातन्त्र-सेनानी भैरवप्रसाद आचार्यको गभर्नरशिपमा केन्द्रीय सरकारभन्दा भिन्न स्वायत्त शासन चलाएको थियो । ‘धुपगाछी’बाट ‘भद्रपुर’ नामाकरण भएको यो ठाउँको इतिवृत्त पत्रकार गोपाल गिरीकृत ‘सदरमुकाम भद्रपुरको गाथा’ले कहेको छ ।
लगभग २०२८ सालसम्म कृषिजन्य उद्योगहरुको बाहुल्यले नेपालकै ठूला शहरहरूसँग प्रतिस्पर्धा गर्ने हैसियत राख्ने यो शहर आज भने आफ्ना पुराना गौरवगाथा र विगतमा गुमाएका अवसरहरू कल्पेर पछुतो मानिरहेको अवस्थामा छ । आर्थिक, सामाजिक र राजनीतिक केन्द्रका रूपमा यसको भूमिका क्रमशः कमजोर हुँदै जानुमा थुप्रै कारण छन् । जसले २००८ सालमा देशको पाँचौं नगरपालिका घोषित भद्रपुरको नियतिलाई थप उजागर गर्दछ ।
सम्भावनाको गर्भबाट पलायन हुन पुगेको मुख्यतः ३ महत्वपूर्ण परियोजनामध्ये एउटा मेची आँखा अस्पताल हो, जुन आज अत्याधुनिक सुविधासम्पन्न आँखा र कान उपचारस्थलका रुपमा भव्य स्वरुप लिएर बिर्तामोडको सैनिक मोडमा अवस्थित छ । कुनै समय त्यो मेची आँखा अस्पताल भद्रपुरमा स्थापना हुने निश्चितप्रायः थियो । नेपाल नेत्र ज्योति सङ्घले यसका लागि सम्पूर्ण तयारी गरिसकेको थियो । दाताहरूको खोजी भइरहेको थियो । तर, अन्तिम समयमा यो परियोजना भद्रपुरमा जग्गा प्राप्ति नहुँदा बिर्तामोडमा स्थापना हुन पुग्यो ।
त्यसको पछाडि मुख्यतया राजनीतिक दबाब थियो । तत्कालीन राजनीतिले बिर्तामोडलाई प्राथमिकता दियो, जसले गर्दा, भद्रपुरको आर्थिक र सामाजिक विकासमा निश्चित रुपमा टेवा पुऱ्याउन सक्ने, एउटा महत्वपूर्ण स्वास्थ्य संस्था एकाएक स्थानान्तर हुन पुगेको थियो । । त्यो अवसर गुमाउँदा भद्रपुर स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण केन्द्र बन्नबाट चुक्यो । आज त्यही मेची आँखा अस्पतालकै कारण बिर्तामोडको सैनिक मोडले एउटा सानो, तर नयाँ व्यस्त शहरको रुप पाएको छ । स्वास्थ्य पर्यटनले व्यावसायिक चहलपहल बढाइरहेको छ र रोजगारीको सिर्जना गरेको छ
अर्को, नेपालकै शीर्ष स्वास्थ्य केन्द्रमध्येको एक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (बाँसबारी, काठमाडौं)को प्रारम्भिक उपचार युनिट भद्रपुरमा स्थापना गर्ने प्रस्ताव पनि भद्रपुरमा आएको थियो । मुटु रोगका बिरामीहरूलाई तत्काल उपचार उपलब्ध गराएर ठूलो जोखिमबाट बचाउने उद्देश्यले भद्रपुरकै डा. रामेश कोइरालाद्वारा प्रस्तावित सो परियोजना निक्कै महत्वपूर्ण थियो । उक्त युनिटको स्थापनाले भद्रपुरलाई मुटु रोगको उपचारका लागि एक क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्न सक्थ्यो । जसले झापा मात्र नभई पूर्वी नेपाल र छिमेकको इण्डियन बिरामीहरूलाई पनि आकर्षित गर्न, मुटु रोगीहरुका निम्ति भरपर्दो स्वास्थ्योपचार केन्द्र बन्न, रोजगारी सिर्जना गर्न र भद्रपुरको आर्थिक जीवनमा प्राण भर्न सक्थ्यो । तर, सो परियोजना पनि मुख्यतः स्थानीय नेतृत्व र ठूलाबडा हौं भन्नेहरुकै उदासीनतासँगै राजनीतिक खिचातानीका कारण तुहियो । र, आशाको अर्को दियालो पनि निभ्यो ।

त्यस यता, जब मोरङको हात्तिमुडामा अवस्थित नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ले आफ्नो एक महत्वपूर्ण आंगिक संस्थाका रुपमा प्रादेशिक अस्पताल-भद्रपुरलाई शिक्षण अस्पताल बनाउने प्रस्ताव लिएर आयो । यहाँ शिक्षण अस्पतालको स्थापनाले भद्रपुरलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको हब बनाउन सक्थ्यो ।
यहाँ शिक्षण अस्पतालको उपस्थितिले चिकित्सक लगायतका स्वास्थ्यकर्मी उत्पादन गर्ने, अनुसन्धान गर्ने र सर्वसाधारणलाई सस्तो एवम् सुलभ स्वास्थ्य सेवा दिने ३ वटै लक्ष्य पूरा हुन्थ्यो । जसले भद्रपुरको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई एकैचोटि उकास्ने सामर्थ्य राख्थ्यो । तर, संकीर्ण राजनीतिक सोच र प्रभावकारी पैरवीको अभावले यो परियोजना पनि अन्ततः हालै धनकुटा पुग्यो । यसरी भद्रपुरले आधुनिक र विशिष्टीकृत स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो पहिचान बनाउने एउटा थप दूरगामी महत्वको मौका गुमायो ।
निष्कर्ष के हो भने, भद्रपुरले यी ३ परियोजनाका अवसरहरू गुमाउनु कुनै संयोग मात्र नभई गम्भीर नीतिगत कमजोरी र राजनीतिक नेतृत्वको अदूरदर्शिताको परिणाम थियो । यी परियोजनाहरू भद्रपुरको आर्थिक जीवनका लागि गेम चेन्जर साबित हुन सक्थे । यसले रोजगारी मात्र सिर्जना गर्थेन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र भद्रपुरलाई स्वास्थ्यजन्य शैक्षिक केन्द्रका रूपमा पुनर्जीवन दिने थियो ।
आज भद्रपुरका बासिन्दाहरूसँग आफूहरूले लगालग गुमाएका ती सुअवसर सम्झेर पीडा महसूस गर्नु बाहेकको विकल्प बचेको छैन । कैयौं वर्षपश्चात् बल्लतल्ल यहाँको सीमा-नाकामा मेची पुल त बन्यो, तर त्यो पुल बन्दा यहाँको आर्थिक-जीवनमा कायाकल्प हुने गरिएको कल्पना, आशा र भरोसा पनि टुटेको छ । विगतको मर्यादित शाख र गर्विलो विरासत इतिहासको पानामा मात्र कैद छ- आज !
त्यसैले अब भविष्यमा आउने सम्भावनाहरूलाई पहिल्याउनका लागि दृढ राजनीतिक इच्छाशक्ति, एकीकृत रणनीति र निरन्तर पैरवीको सामूहिकता जरुरी छ । यति भनिरहँदा भद्रपुर विकासमा पछि पर्नुमा मूलतः राजनीतिक इच्छाशक्तिको कमी नै एउटा प्रमुख कारण हो । भद्रपुरको राजनीतिक नेतृत्व, स्थानीय सरकार र नागरिक समाजले अब गम्भीर आत्म-समीक्षा गर्नै पर्ने भएको छ ।
यद्यपि, स्थानीय सरकारको बहालीपछि नयाँ पूर्वाधार निर्माण, सडक सुधार, उद्योग र व्यापारिक गतिविधिलाई प्रोत्साहन दिने प्रयास भइरहेका छन् । तर, यी प्रयासहरूले नै भद्रपुरलाई पुनर्जीवन दिने सम्भावना पर्याप्त छैन । अझै धेरै काम गर्न बाँकी छ । नयाँ युगको आवश्यकताअनुसार भद्रपुरको सर्वतोमुखी विकास गर्न बृहत् योजना, राजनीतिक प्रतिबद्धता र स्थानीय सरकारको एकचित्त लगन, समर्पण र सहभागिता अपरिहार्य छ । ताकि, विरासत गुमाएको भद्रपुरको भविष्य पनि अब के ?- भनेर आजको जस्तै टोलाउनुपर्ने नियति आउने सन्ततिले भोग्नु नपरोस् ।

389 thoughts on “भद्रपुर : गुमाएको, टोलाएको भविष्य”
  1. What i dont understood is in reality how youre now not really a lot more smartlyfavored than you might be now Youre very intelligent You understand therefore significantly in terms of this topic produced me personally believe it from a lot of numerous angles Its like women and men are not interested except it is one thing to accomplish with Woman gaga Your own stuffs outstanding Always care for it up

  2. Your blog is a testament to your passion for your subject matter. Your enthusiasm is infectious, and it’s clear that you put your heart and soul into every post. Keep up the fantastic work!

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  4. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  5. Had a look at 13wim this weekend. The site’s easy to navigate, which is a bonus. Not the biggest variety of games I’ve seen, but what they’ve got is pretty solid. Give it a try! 13wim

Leave a Reply

Your email address will not be published. Required fields are marked *