• Fri. Feb 13th, 2026

भद्रपुरमा हुने क्रिकेट प्रतियोगिताको धुमधाम तयारी

BySaptahik Samachar

१४ माघ २०८२, मंगलवार ०८:१६ १४ माघ २०८२, मंगलवार ०८:१६ १४ माघ २०८२, मंगलवार ०८:१६

कोशी पाथीभरा इन्डो नेपाल क्रिकेट च्याम्पियनसिप

नेपाल र भारतका आठवटा टिमको सहभागिता

भद्रपुर १३,माघ / भद्रपुरमा हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको मिति नजिकिदैं गर्दा त्यसको तयारी धुमधामसँग भइरहेको छ ।
कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्धेश्यले कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागिएको हो । भद्रपुर क्रिकेट क्लबको आयोजनामा मेची क्याम्पसमा रहेको क्रिकेट मैदानमा हुने प्रतियोगिता लिग ढाँचामा हुनेछ।
     माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चार वटा र भारतका चार वटा गरी आठ वटा क्रिकेट टिमको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरी तत् तत् समितिलाई जिम्मेवारी दिएर काम अगाडि बढाइएको आयोजकले जनाएका छन्।

मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार, प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा , ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र फ्रेन्ड्स युथ क्लब डडेलधुरा रहेका छन् ।
   त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी आसाम गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम अफ सिक्किम रहेका छन् । नेपालका क्लबहरूमा एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने समेत संयोजक सुब्बाले जानकारी दिनु भएको छ।
    एक करोड २२ लाख रूपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।  प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउने छन् ।

उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा आठवटा टिमलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइनेछ । कोशी प्रदेश सरकार,भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर पिच निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

28 thoughts on “भद्रपुरमा हुने क्रिकेट प्रतियोगिताको धुमधाम तयारी”
  1. यो प्रतियोगिताले भद्रपुरमा धेरै धुमधाम हुनेछ र कोशी क्षेत्रमा पर्यटनको विकासमा पनि सहयोग गर्छ होला।

  2. Hi there! This post couldn’t be written any better! Reading through this post reminds me of my previous room mate! He always kept talking about this. I will forward this article to him. Pretty sure he will have a good read. Thank you for sharing!

Leave a Reply

Your email address will not be published. Required fields are marked *