• Wed. Dec 4th, 2024

भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता

BySaptahik Samachar

४ मंसिर २०८१, मंगलवार ०६:३६ ४ मंसिर २०८१, मंगलवार ०६:३६ ४ मंसिर २०८१, मंगलवार ०६:३६

भद्रपुर ०४,मङ्सिर / भद्रपुरमा सञ्चालन भइरहेको ओ एस टी.मौखिक प्रतिस्थापन उपचार केन्द्रमा १ सय २० जनाले औषधि प्रयोग गरिरहेका छन् । लागू औषधको दुर्व्यसनमा लागेका व्यक्तिहरुलाई दुर्व्यसनबाट जोगाइ सो बाट हुने जोखिमलाई न्यूनीकरण गर्न सरकारले ल्याएको नीति अनुसार प्रादेशिक अस्पताल भद्रपुरमा सो उपचार पद्धति चालू छ ।

पि डव्ल्यू डि. कार्यक्रम अन्तर्गतको ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनद्वारा सञ्चालित ओएसटी. व्यवस्थापन समितिको बैठकमा हिजो ओएचटी. बारेमा छलफल भएको थियो। ओएचटीको व्यवस्थापन समितिको बैठकमा डा. दिप्ती बारकोटीले सो वारेमा जानकारी दिदै सीमा पारि गलगलियामा लागू पदार्थको बिक्री वितरणमा कडाइ गरेकाले आधिकारिक उपचार केन्द्र भद्रपुरमा औषधि सेवनकर्ताको चाप बढेको जानकारी दिनुभयो। प्रादेशिक अस्पतालमा सञ्चालित ओएचटी. कार्यक्रमलाई मोरङको रिचमण्ड फेलोसिपले सहकार्य गरिरहेको छ । बैठक, सोही फेलोसिपका झापा संयोजक सोमराज ढकालको संयोजनमा भएको हो ।

पुनर्स्थापना केन्द्रमा लागू औषधका लतमा फसेका व्यक्तिहरुलाई चिकित्सकको निगरानीमा स्वास्थ्य परीक्षण पछि उनीहरुको नियमितको मात्रा घटाउँदै शुन्यमा पुर्याउने पद्धति भएकोले त्यसप्रति सेवनकर्ताको सहभागिता बढ्दै गएको संयोजक ढकालको भनाइ छ।

33 thoughts on “भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता”
  1. BWER Company is Iraq’s leading supplier of advanced weighbridge systems, offering reliable, accurate, and durable solutions for industrial and commercial needs, designed to handle heavy-duty weighing applications across various sectors.

Leave a Reply

Your email address will not be published. Required fields are marked *