
भद्रपुर ३१,असार / नेपाल भर मनाइने कोरा-२०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक कोरा आध्यात्मिक यात्रा हुने भएको छ । भद्रपुर साइकल समाज, झापाको आयोजनामा यही साउन ३ गते पहिलो पटक कोरा -२०२५ आयोजना हुने भएको हो ।
भद्रपुर नगरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्दै गरिने साइकल आध्यात्मिक यात्राले भद्रपुरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
यो आध्यात्मिक यात्रा हो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो, अध्यक्ष श्रेष्ठले भन्नुभयो- ” यो कुनै रेस वा र्याली होइन, यहाँ सबैले जित्ने, सवैका लागि रमाइलो र स्वस्थ समाजका लागि पर्यावरण मैत्री उत्सव हो। यो कोरा च्यालेन्ज हो।”

भद्रपुर नगर पालिकालगायत स्थानीय संघ-संस्थाको सहकार्यमा भद्रपुरका धार्मिक र पर्यटकीय स्थलहरुको परिक्रमा पछि समापन हुने कार्यक्रममा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति रहने र अग्रज साइकल राइडरलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

What’s up, iits fastidious paragraph regarding media print, we aall be aware of media is a enormous
source of information. https://hot-fruits-glassi.blogspot.com/2025/08/hot-fruitsslot.html
Absolutely indited written content, Really enjoyed reading through.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.