• Thu. Feb 12th, 2026

भद्रपुरका ढकाल धितोपत्र बोर्डको सञ्चालक नियुक्त

BySaptahik Samachar

२९ श्रावण २०८२, बुधबार १९:१४ २९ श्रावण २०८२, बुधबार १९:१४ २९ श्रावण २०८२, बुधबार १९:१४

भद्रपुर २८, साउन / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त हुनु भएकाे छ। निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै महासंघ उपाध्यक्ष ढकाल सञ्चालकमा नियुक्त हुनुभएको हो।
    नवनियुक्त सञ्चालक ढकाललाई आज एक कार्यक्रमबीच बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भयो । बोर्डमा निजीक्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति बोर्ड सञ्चालकमा नियुक्त हुने व्यवस्था छ । केही समययता सो पद खाली थियो ।
    व्यापार व्यवसायमा सफल मानिएका झापा भद्रपुरका ढकाल झापा उद्योग संघको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्ष हुनुहुन्छ।
    उद्योग व्यवसायमा विगत ४ दशकदेखि सक्रिय  ढकाल नेपालको वित्तीय क्षेत्रमा समेत ३ दशकदेखि क्रियाशील हुनुहुन्छ ।
   आजभन्दा करिब २७ वर्षअघि उहाँकै नेतृत्वमा कोशी प्रदेश कार्यक्षेत्र बनाएर बिर्तामोडमा एक्सेल डेभलपमेन्ट बैंक स्थापना भएको थियो । उहाँ सो बैंकको मुख्य लगानीकर्ता तथा संस्थापक बैंकर्स हुनुका साथै विगतमा अध्यक्ष भएर
बैंकलाई सफलतापूर्वक अघि बढाउनु भएको थियो ।
    हेरिटेज ग्रूप अफ इन्ड्रस्टिजका अध्यक्ष ढकालको नेतृत्वमा हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टि, व्यापारलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा रहेका छन् ।
   व्यापार व्यवसायका साथै नेपालको बैंक वित्त तथा पुँजी बजारको समेत राम्रो ज्ञान राख्नु हुने ढकालको नियुक्तिसँगै आगामी दिनमा नेपालको पुँजी बजारलाई दिगो र विश्वासनीय रुपमा अघि बढाउन सहयोग पुग्ने बोर्डको विश्वास रहेको छ ।
   नेपाल उद्योग वाणिज्य महासंघभित्र रहेर राम्रो छवि बनाएका ढकालको वस्तुगतका साथै जिल्ला, नगर तथा एसोसिएट्स सदस्यहरुमा समेत राम्रो नेटवर्क रहेको छ ।
आफ्नो ज्ञान, सीप र अनुभवको आधारमा बोर्डमा रहेर नेपालको पुँजी बजार शुद्धीकरण र सुदृढीकरण गर्दै दिगो विकासका लागि काम गर्ने सञ्चालक ढकालले बताउनुभएको छ।

15 thoughts on “भद्रपुरका ढकाल धितोपत्र बोर्डको सञ्चालक नियुक्त”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *