• Wed. Dec 4th, 2024

नेपाल सम्वत् न्हुँ दयाँ भिन्तुना सहित म्हः पुजा मनाइयो

BySaptahik Samachar

१७ कार्तिक २०८१, शनिबार १९:०६ १७ कार्तिक २०८१, शनिबार १९:०६ १७ कार्तिक २०८१, शनिबार १९:०६

भद्रपुर १७,कात्तिक / नेपाल सम्वत् ११४५ ‘ न्हुँदयाँ भिन्तुना ‘कार्यक्रम भद्रपुरमा र्‍यालीसहित सम्पन्न भएको छ। नेवाः समाज कल्याण गुठी भद्रपुरको आयोजनामा भद्रपुर १० को लेखनाथ चोकबाट शुरू भएको र्‍याली नगर परिक्रमा गर्दै गुठी भवन भद्रपुर-८ मा पुगेर प्रवचन कार्यक्रम पछि शुभकामना आदानप्रदान गर्दै सम्पन्न भएको हो।

कल्याण गुठीका भद्रपुर अध्यक्ष नारायण श्रेष्ठको सभापतित्व र भद्रपुर नगर पालिकाका प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्यमा भएको प्रवचन कार्यक्रममा उपस्थित समुदायले एक आपसमा भिन्तुना भन्दै शुभकामना साटासाट गरेका थिए।

सो कार्यक्रममा प्रमुख अतिथि पोखरेल, पूर्व न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र पूर्व क्याम्पस प्रमुख चित्रवहादुर श्रेष्ठले नेवारी संस्कार र संस्कृतिका साथै राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको बारेमा चर्चा गरिएको थियो।  गुठीका उपाध्यक्ष जगदीश जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव विगम श्रेष्ठले गर्नुभएको थियो।

आजको दिन नेवार समुदायमा  म्हः (आत्म) पूजा समेत गरिन्छ।   कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः)पूजा पर्व मनाउने गर्दछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि देशभरका नेवार समुदायले आज  नेपाल संवतको नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ।यस्तै पञ्चाङ्ग समितिकै निर्णय अनुसार यमपञ्चकको चौथो दिन आज गाई,गोरु र गोवर्धनको पूजा गरी विधिपूर्वक तिहार मनाइएको छ।

21 thoughts on “नेपाल सम्वत् न्हुँ दयाँ भिन्तुना सहित म्हः पुजा मनाइयो”
  1. I do believe all the ideas youve presented for your post They are really convincing and will certainly work Nonetheless the posts are too short for novices May just you please lengthen them a little from subsequent time Thanks for the post

Leave a Reply

Your email address will not be published. Required fields are marked *