• Mon. Dec 15th, 2025

झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको निधन

BySaptahik Samachar

१६ कार्तिक २०८१, शुक्रबार १९:२५ १६ कार्तिक २०८१, शुक्रबार १९:२५ १६ कार्तिक २०८१, शुक्रबार १९:२५

भद्रपुर १६,कात्तिक / झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो।शैक्षिक क्षेत्र र साहित्य लेखनलाई उत्तिकै न्याय गरेर दुवै क्षेत्रमा चर्चित  ओलीले शनिश्चरे माध्यमिक विद्यालयमा ३३ वर्षसम्म अध्यापन गर्नु भएको थियो।
नेपाली साहित्य क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ ।निबन्ध , कविता , उपन्यास र कथा संग्रह गरी उहाँका १६ वटा कृति प्रकाशित छन् ।
  साहित्य लेखनमा चर्चित ओलीले २०५३ र २०७२ मा गरी दुईपटक राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नु भएको छ । त्यस्तै तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले उहाँलाई दीर्घ साहित्य सेवा पुरस्कारबाट सम्मानित गरेको थियो । नेपाल प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य उहाँ प्रलेस झापाको पूर्व अध्यक्ष हुनुहुन्छ।
   विसं. १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिनु भएका ओलीले झापाको दोस्रो पुरानाे हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षण गर्नु भयो भने सेवा निवृत्त भएपछि पनि सोही माविको व्यवस्थापन समितिको अध्यक्ष भएर शैक्षिक सेवालाई निरन्तरता दिनुभयो। उहाँ शनिश्चरे बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले क्याम्पसमा ३ कार्यकालसम्म  सेवा पुर्‍याउनु भएको थियो ।
सुगर र प्रेसरबाट ग्रसित उहाँलाई पछिल्लोपटक निमोनिया भएको थियो । रोगले ग्रस्त बनाएपछि १७ दिनसम्म बीएण्डसी अस्पताल बिर्तामोडमा उहाॅको उपचार गरिएको परिवारजनले जनाएका छन् ।
उहाँका दुई छोरा र एक छोरी रहेका छन् । जेठा छोरा निरजकुमार ओली कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष हुनुहुन्छ भने कान्छा छोरा सार्दुलहाङ ओली केही समय पत्रकारिता गर्दै पछिल्लो समय न्यू भिजन बचत तथा ऋण सहकारी संस्थाको सचिव पदमा क्रियाशील हुनुहुन्छ।

110 thoughts on “झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको निधन”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *