• Mon. Dec 15th, 2025

ज्ञानोदय साकोसको एक वर्षमै २३ लाख बढी नाफा

BySaptahik Samachar

१४ भाद्र २०८२, शनिबार १५:२७ १४ भाद्र २०८२, शनिबार १५:२७ १४ भाद्र २०८२, शनिबार १५:२७

चार वर्षको लागि आज निर्वाचन

भद्रपुर १४, भदौ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा २३ लाख भन्दा बढी नाफा आर्जन गरेको छ। शिक्षकहरूद्वारा भद्रपुर को ८ नम्बर वडामा सञ्चालित यस सहकारी संस्थाले आर्थिक वर्ष २०८१/० ८२ मा २३ लाख १३ हजार ९४ रुपैयाँ ५० पैसा नाफा आर्जन गरेको सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। भद्रपुरको ८ नम्बर वडामा रहेको होटल डेग्लोमा आज १६ औँ साधारण सभा सम्पन्न भएको हाे।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको साधारण सभामा उत्कृष्ट कारोबारीहरू, उत्कृष्ट सन्तति सदस्य र सेवा निवृत्त सदस्यहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुने सेवा निवृत्त सदस्यहरूमा बसन्त अधिकारी, अनिता बिमली, सुशील पौडेल, तुलसीप्रसाद पौडेल,जनार्दन मिश्र, मित्रबहादुर बस्नेत, सुशीला आचार्य ,पवित्रा आले थापा र हिरादेवी वाग्ले भुर्तेल हुनुहुन्थ्यो भने उत्कृष्ट कारोबारीहरूमा पशुपतिनाथ आधारभूत विद्यालय भद्रपुरकी अनुपा राई र हल्दिबारी उच्च माविका देवीप्रसाद कडेललाई सम्मान गरिएको थियो।

त्यस्तै उत्कृष्ट सदस्य सन्तति पुरस्कार पाउनेमा शेयर सदस्य नारायणप्रसाद भुसालका सुपुत्र निकुञ्ज भुसाल कक्षा १२ को परीक्षामा उत्कृष्टजीपीए ल्याएबापत र PHD. उपाधि हासिल गर्ने सेयर सदस्य चिन्तामणि भट्टराईकि सुपुत्री प्रविना भट्टराईलाई सम्मान गरिएको थियो भने दुर्गा मावि गरामनीकी शिक्षिका शान्त बराललाई प्रावि प्रथम श्रेणीमा बढुवा हुनु भएकोमा सम्मान गरिएको थियो।

साधारणसभामा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, झापा जिल्ला सहकारी सङ्घका सदस्य हरिकृष्ण अधिकारी र जिल्ला बचत सङ्घका सदस्य दीपक शिवाकोटीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सहकारीकी उपाध्यक्ष धनकुमारी खरेल लता ले स्वागत मन्तव्य राखेको उद्घाटन समारोहमा सचिव डिल्लीराम अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

साधारण सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी चार वर्षे कार्यकालका लागि नयाँ समिति गठन गर्ने भएको छ। गोकुल न्यौपानेको संयोजकत्वमा सदस्य निर्वाचन समिति गठन गरिएको छ। सहकारीमा ४६३ जना सदस्य रहेका छन्।

14 thoughts on “ज्ञानोदय साकोसको एक वर्षमै २३ लाख बढी नाफा”
  1. I was very happy to find this internet-site.I wanted to thanks to your time for this excellent read!! I undoubtedly enjoying every little little bit of it and I have you bookmarked to check out new stuff you blog post.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point. You obviously know what youre talking about, why waste your intelligence on just posting videos to your blog when you could be giving us something informative to read?

Leave a Reply

Your email address will not be published. Required fields are marked *