• Fri. Nov 14th, 2025

जलथल उपशाखाको निर्वाचनमा खरेल नेतृत्वको प्यानल नै विजयी

BySaptahik Samachar

४ पुष २०८१, बिहीबार २२:३८ ४ पुष २०८१, बिहीबार २२:३८ ४ पुष २०८१, बिहीबार २२:३८

भद्रपुर ४,पुस / नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा रेमप्रसाद खरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील प्यानल नै  विजयी भएको छ।
   खरेल नेतृत्वको सत्तारूढ  गठबन्धनको समूह नै विजयी भएको हो। सत्ता गठबन्धन (एमाले + कांग्रेस) र राप्रपाको अलग्ग प्यानल बनाएर त्यहाँका रेडक्रसकर्मीहरू चुनावी मैदानमा भिडेका थिए। राप्रपाले सभापति सुरेन्द्र बाह्रकोटीको नेतृत्वमा समूह बनाएको थियो ।त्यो समूहलाई सत्ता गठबन्धनले हराएको हो।
विजेता खरेलले ३९७ मत पाउँदा प्रतिद्वन्द्वी बाह्रकोटीले २५७ मत पाउनु भएको जनाइएको छ ।
   आज जलथल, वडाबारीमा सम्पन्न निर्वाचनमा सभापतिमा खरेल , उपसभापतिमा पुण्यकुमारी लामिछाने, सचिवमा नितेश शाह र कोषाध्यक्षमा बलराम गिरी विजयी हुनुभएको हो ।
   निर्वाचन समितिका अनुसार महिला सदस्यमा गीतादेवी भण्डारी निर्वाचित हुँदा मनकुमार शर्मा, अग्निप्रसाद शिवाकोटी, रामप्रसाद पोखरेल र भानु भण्डारी खुला सदस्यमा निर्वाचित हुनु भएको छ।
    उपसचिवमा किशोर खतिवडा र उपकोषाध्यक्षमा बालकृष्ण बेडारी यस अघि नै निर्विरोध निर्वाचित हुनु भएको जनाइएको छ । कूल १,००९ मतदाता  रहेको जलथल उपशाखामा ६९६ मत खसेको जलथलबाट अभिषेक खतिवडाले जानकारी दिनुभयो ।

35 thoughts on “जलथल उपशाखाको निर्वाचनमा खरेल नेतृत्वको प्यानल नै विजयी”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *