• Fri. Feb 13th, 2026

चुनावी इपिसेन्टर झापा-५ मा उच्च सुरक्षा सतर्कता

BySaptahik Samachar

१० माघ २०८२, शुक्रबार १६:३५ १० माघ २०८२, शुक्रबार १६:३५ १० माघ २०८२, शुक्रबार १६:३५

भद्रपुर ९,माघ / झापा–५ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई कट्टर राजनीतिक प्रतिद्वन्द्वी आमनेसामने भएपछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको सुरक्षा निकायको निष्कर्ष छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।

मंगलबार मनोनयन दर्ताका क्रममा नै दुई समूहबीच झडप भएपछि सुरक्षा निकाय थप सतर्क बनेको हो। त्यसअघि झापा पुगेकै दिन ओलीले सार्वजनिक रूपमा सुरक्षाबारे प्रश्न उठाएका थिए, यद्यपि उनको असन्तुष्टि मुख्यतः प्रहरी नेतृत्वको सरुवासँग जोडिएको थियो।

सरकारले झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूलाई सरुवा गर्दै बसुन्धरा खड्कालाई जिम्मेवारी दिएको छ। लिम्बूको स्थानान्तरणपछि खड्काले शुक्रबारदेखि देशकै उच्च सुरक्षा चुनौती मानिएको झापाको प्रहरी कमान्ड सम्हाल्नु भएकाे छ। खड्का यसअघि बागमती प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत हुनुहुन्थ्याे भने त्यसअघि काभ्रे जिल्ला प्रहरी प्रमुखको रूपमा विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित हुनु भएकाे थियाे।

सुरक्षा स्रोतका अनुसार लिम्बूको सरुवा नियमित समयसँग मेल खाए पनि त्यसमा राजनीतिक संवेदनशीलता पनि जोडिएको छ। लिम्बू यसअघि ओलीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) रहिसकेकाे र ओलीकै कार्यकालमा झापा सरुवा हुनु भएकाे थियाे। चुनावी आचारसंहिता लागू हुने अन्तिम रात उहाँलाई मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँ पठाउँदै खड्कालाई जिम्मेवारी दिइएको हो।

खड्काले यसअघि २०६४ र २०७४ सालका निर्वाचनका क्रममा पनि संवेदनशील जिल्लामा प्रहरी कमान्ड सम्हाल्नु भएकाे थियाे। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चुनौतीपूर्ण जिल्ला भएकै कारण अनुभवी अधिकृतलाई झापाको नेतृत्व सुम्पिएको उच्च स्रोतको भनाइ छ।

यससँगै झापाका प्रमुख इलाका प्रहरी कार्यालयहरूमा पनि नेतृत्व फेरबदल गरिएको छ। काँकडभिट्टा र दमक इलाका प्रहरी कार्यालयका प्रमुखहरू सरुवा गर्दै नयाँ अधिकृत खटाइएको छ, जसले झापा–५ केन्द्रित सुरक्षा व्यवस्थापनलाई थप कडा बनाएको छ।

ओली र बालेन्द्रबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म दुवैले एकअर्कामाथि कटाक्ष गर्दै आएका छन्। जेन–जी आन्दोलनपछि त दुवै समूह एकअर्काविरुद्ध उजुरी लिएर प्रहरी कार्यालयसम्म पुगेका थिए। यद्यपि ती उजुरीहरू प्रहरीद्वारा तामेलीमा राखिएका थिए।

ओली प्रधानमन्त्री रहँदा पनि र बालेन्द्र मेयर हुँदा पनि कर्मचारी सरुवा, नीतिगत निर्णय र सार्वजनिक अभिव्यक्तिलाई लिएर दुवैबीच टकराव देखिँदै आएको थियो। अहिले ओली एमालेका तर्फबाट र बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका दाबेदारका रूपमा चुनावी मैदानमा छन्।

प्रधानमन्त्रीका दुई उम्मेदवार आमनेसामने भएपछि झापा–५ मा सुरक्षा व्यवस्था कडा बनाइएको छ। दुवै उम्मेदवारको सुरक्षाका लागि अगुवा–पछुवा सवारीसहित अतिरिक्त प्रहरी परिचालन गरिएको छ। सादा पोसाकका प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली, कोसी प्रदेश प्रहरी कार्यालयबाट एक सयभन्दा बढी सुरक्षाकर्मी र सशस्त्र प्रहरी बललाई समेत परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ।

आवश्यक परे सशस्त्र प्रहरीको गण र शिक्षालयको जनशक्ति प्रयोग गर्ने तयारी गरिएको छ भने निर्वाचन नजिकिँदै जाँदा नेपाली सेनाको परिचालन पनि हुने भएको छ। माघ २१ गतेदेखि सेना फिल्डमा उत्रने तयारीमा रहेको र अहिले विभिन्न स्थानको सुरक्षा विश्लेषण भइरहेको सुरक्षा निकायले जनाएको छ।

40 thoughts on “चुनावी इपिसेन्टर झापा-५ मा उच्च सुरक्षा सतर्कता”
  1. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  2. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  3. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  4. QQ88 được xây dựng như một cổng kết nối giải trí trực tuyến, tập trung vào trải nghiệm liền mạch, giao diện thân thiện và khả năng sử dụng ổn định trong quá trình truy cập.

Leave a Reply

Your email address will not be published. Required fields are marked *