• Fri. Feb 14th, 2025

ग्यालेक्सी फुटबल कप जारीः दोस्रो दिनको खेलमा इस्ट प्वाइन्ट, मोडर्न, एभरेस्ट स्मार्ट र लिटल एङ्गेल्स विजयी

BySaptahik Samachar

१६ माघ २०८१, बुधबार २२:०६ १६ माघ २०८१, बुधबार २२:०६ १६ माघ २०८१, बुधबार २२:०६
प्रतियोगिता जारी

भद्रपुर १५,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को दोस्रो दिनको आजको खेलमा इस्ट प्वाइन्ट भद्रपुर, मोडर्न इङ्ग्लिस स्कुल भद्रपुर, एभरेस्ट स्मार्ट विर्तामोड र लिटल एङ्गेल्स विर्तामोड विजयी भएका छन्।
   ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा हिजोबाट शुरू प्रतियोगितामा इस्ट प्वाइन्ट भद्रपुरले गोमेन्द्र विर्तामोडलाई १-० ले , मोडर्न इङ्ग्लिस स्कुल भद्रपुरले गुरुकुल भद्रपुरलाई टाइब्रेकरमा ३-० ले र एभरेस्ट स्मार्ट विर्तामोडले टाइब्रेकरमै बाल्मिकी  प्रोभिडेन्सलाई ४ का विरुद्ध ५ गोलले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्।


आजैबाट सुरू दोस्रो चरणको खेलमा लिटल एङ्गेल्स विर्तामोडले इस्ट प्वाइन्ट भद्रपुरलाई शुन्यका विरूद्ध १ गोल र आदर्श इङ्ग्लिस स्कुलको शुन्यका विरूद्ध २ गोल गर्दै इङ्ग्लिस स्कुलले पनि टाइ ब्रेकरमै आदर्श इङ्ग्लिस स्कुललाई हराएको हो।
   आजको प्रतियोगिताका मेन अफ दि म्याच क्रमशः बिजेता टीमका अलिचन माझी (East Point),अरभ कामती  (Modern),सक्षम तामाङ (Everest) र सेसेहाङ सेलिङ (Little Angels) घोषित भएका छन् ।
  कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको अन्तर विद्यालय टुर्नामेण्टमा मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिका अन्तर्गतका १४ वटा विद्यालयहरू बीच प्रतिष्पर्धा हुँदैछ।
    विजेता र उप विजेतालाई शील्ड, कप र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको यो चौथो संस्करण रहेको ग्यालेक्सी स्कुलका सहायक प्रधानाध्यापक विवेक चम्लागाईंले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *