• Tue. Dec 9th, 2025

आर्चरी संघको झापा अध्यक्षमा पुनः कविन राई

BySaptahik Samachar

४ पुष २०८१, बिहीबार १७:३९ ४ पुष २०८१, बिहीबार १७:३९ ४ पुष २०८१, बिहीबार १७:३९

भद्रपुर ४, पुस / नेपाल आर्चरी संघ झापाको अध्यक्षमा कविन राई पुनः निर्वाचित हुनुभएको छ। झापा जिल्ला आर्चरी संघको कार्यकक्षमा हिजो भएको साधारण सभाले राईको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो।
नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ्ग एवं झापा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङको उपस्थितिमा जिल्ला आर्चरी संघको ११ सदस्यीय कार्य समिति निर्विरोध पुनर्गठन भएको हो ।
पुनर्गठित समितिको उपाध्यक्षमा गंगा तुम्वापो,सचिव महेन्द्र कोइराला,सहसचिव-कृति तामाङ र कोषाध्यक्ष भूपाल कार्की तथा सदस्यहरूमा रामप्रसाद तामाङ ,
रियाज ढकाल,कपिल पौडेल , राजन भट्टराई ,निकी मेचे र सन्तु मगर रहनु भएको छ ।

सोही साधारण सभाले  ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ। संघका अध्यक्ष राईको अध्यक्षतामा भएको साधारण सभापश्चात नवगठित पदाधिकारी – सदस्यहरूलाई अविर खादा लाइदिनु हुँदै केन्द्रीय अध्यक्ष गुरूङले  बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भयो । उक्त साधारणसभा एवं कार्यक्रमको सञ्चालन सचिव महेन्द्र कोइरालाले गर्नु भएको थियो ।

124 thoughts on “आर्चरी संघको झापा अध्यक्षमा पुनः कविन राई”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *