• Fri. May 16th, 2025

आमाको काख,बात,भात र लात पनि मिठो

BySaptahik Samachar

१३ बैशाख २०८२, शनिबार २०:४७ १३ बैशाख २०८२, शनिबार २०:४७ १३ बैशाख २०८२, शनिबार २०:४७

रुमा राजवंशी

बाल्य अवस्था जीवनको आधारशिला हो। बाल्यवस्थामा बालबालिकाको अधिकांश समय बाबाभन्दा पनि आमासँग व्यतीत हुने गर्दछ। बच्चाबच्चीले आफ्ना आमाबाबुले गरेका कार्यहरूको अनुसरण गरी धेरै कुराहरू सिक्ने गर्दछन्। बाबाबाट सिक्ने कुराहरु पनि धेरै छन् तर आज कुरा गरौं माता तीर्थको अवसर पारेर घरमा भएका साना छोरा वा छोरीले विशेषगरी पाँच वर्षसम्मका नानीबाबुहरूले आफ्नी आमाबाट के के कुरा सिक्न सक्दछन् वा सिक्छन्?
सर्वप्रथम त एउटी महिला छोरी श्रीमती बुहारी हुँदै आमा हुन्छिन्। ती आमा गृहिणी साथै पेशागत रुपमा विभिन्न संघसंस्थामा कार्यरत हुन्छिन्। उनको जिम्मेवारी र भूमिका पनि फरक फरक हुने गर्दछ। आमाको दिनहुँको दिनचर्या
बच्चाले नियालिरहेको हुन्छ र उसले पनि त्यही अनुसारको आचरण अनुशरण गरिरहेको हुन्छ।
अब कुरा गरौं बच्चाले आमाबाट सिक्ने कार्यहरू।
१) बोलीचाली: आमाको नम्र स्वभाव र मिठो बोली भए बच्चाको बोलीचाली पनि राम्रो हुन्छ।
२) आदर भाव: ठूलालाई आदर र सानालाई माया गरेको देखेर उनीहरूले पनि त्यही सिको गर्छन्।
३) घरभित्र, बाहिरको सरसफाई: आमाले आफ्नो घरलाई सफा सुग्घर गरेर राखेकी छिन् भने बच्चामा पनि घर भित्र बाहिर सफा राख्नुपर्छ भन्ने भावना जाग्छ।
४) व्यक्तिगत सरसफाई: दैनिक आफै नुवाईधुवाई गर्ने, सफा बस्ने, नङ काट्ने, लुगा धुने बानीको विकास गर्ने।
५) आफूमाथि ध्यान दिन: केस कोर्ने मेकअप गर्ने, सजिएर बस्ने,सफा लुगा लगाउने बानीको विकास।
६) पूजापाठ: पूजाका सामग्री निकालेर धुने पखाल्ने सजाउने, पूजा गर्ने, ध्यान गर्ने, मन्त्र पढ्ने, योग गर्ने।
७) आफ्नो सामग्रीको व्यवस्थापन:  बच्चाले आफ्ना खेलौना ,आफ्नो पुस्तक,कलम, ब्याग मिलाएर राख्ने आफ्ना लुगाहरू पट्याएर राख्ने कार्यहरू पनि आमाबाटै सिक्ने गर्दछन्।
८) फुलबारी गोडमेल: फुलबारीको झार उखेल्ने, फूल रोप्ने,  फूलमा पानी हाल्ने कार्य गर्न पनि बच्चालाई आमाले नै सिकाउने गर्दछिन्।
९) दयाभाव: घरमा भएका गाई, बाख्रा कुकुर, बिरालोहरुलाई माया गर्ने चराचुरुङ्गीहरूलाई खाना दिने ,पानी दिने, परिवारका सदस्यलाई आफूले सक्ने सहयोग गर्ने ,आफ्नो खानेकुराहरू बाँडेर खाने ,आफूभन्दा सानो भाइबहिनीहरूलाई खेलाउने माया गर्ने मिलेर बस्ने कुराहरू पनि आमाबाटै बच्चाले सिक्ने गर्दछ।
१०) पढाइ लेखाई, सिर्जनात्मकता : सन्तानको पढाइलेखाइ र परियोजना कार्यहरू ,गृहकार्यहरू गर्नमा पनि आमाले धेरै सहयोग गर्ने गर्छिन्।
११)  संस्कृतिको आदानप्रदान: वर्षभरिमा मनाइने चाडपर्वहरूको महत्त्व बताउँदै संस्कृतिलाई आदानप्रदान गर्ने सिकाउने कार्यहरू पनि बच्चाले आमाबाटै सिक्ने गर्दछ यसका अतिरिक्त बच्चाले आफ्ना कुराहरू व्यक्त गर्न र घरपरिवारमा उसले लिन सक्ने साना ठूला निर्णयहरू  पनि उसले आफ्नो आमाबाट देखेर सिक्ने गर्दछ।

आमा ममताकी खानी मात्र नभएर बच्चालाई सही मार्गमा डोर्याउने र  उसको गल्तीहरूबाट उसलाई सिक्नको लागि प्रेरणा दिने स्रोत पनि हुन्। माथि उल्लेखित कार्यहरू बच्चाले सही रूपमा सिक्नका
लागि आमाको शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुनुका साथै घरपरिवारको उचित व्यवस्थापन पनि हुन जरुरी छ। यसका लागि एउटी आमा अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार हुनुपर्दछ। उसको व्यवहार सही स्पष्ट र पारदर्शी हुनुपर्छ तर आमाको बोलीचाली रूखो र व्यवहार असभ्य छ भने बच्चाले पनि त्यही अनुसारको आचरण सिक्ने सम्भावना धेरै हुन्छ। त्यसैले खुसी हुने , रमाउने, समस्या समाधान गर्ने कुरामा बच्चाहरूसँगै सहकार्य गर्नाले उसमा आत्मविश्वास बढेर जान्छ।
त्यसैले बच्चालाई एकदिन आमालाई राम्रो उपहार दिएर आमाको मुख हेर्ने बनाउनु भन्दा ३६५ दिन नै आमाको इज्जत गर्ने र आज्ञाकारी बनाउन पहिले आफूले नै समय व्यवस्थापन गर्नु पर्छ। उनीहरूलाई सकेको सहयोग गर्ने, सुख-दुःख बुझ्ने साथी बनाउनका निम्ति प्रत्येक आमाले आफ्नो बच्चामाथि आफूसँग भएको समय निकालेर लगानी गर्नु अत्यावश्यक हुन्छ। बच्चालाई उसको उमेर अनुसारको जिम्मेवारी दिने र मार्गनिर्देशन दिएर हौसला प्रदान गर्दै गल्तीलाई सुधार गर्न प्रेरित गरेर उल्लेखित कार्यहरू गर्नका लागि सक्षम बनाउन सकिन्छ ,उसमा आत्मविश्वास भर्न सकिन्छ।
बच्चालाई हरेक कुरामा रोकटोक नगरी उसको साथी बनेर उसको जिज्ञासाको समाधान गर्न जुट्नुपर्छ। बच्चाको शारीरिक, मानसिक र संवेगात्मक वृद्धि र विकास गर्न तथा उसलाई हरेक क्षेत्रमा अगाडि बढाउनका लागि आमाको अहम् भूमिका हुने भएकोले अहिलेका आमाहरू पढेलेखेको त हुनुपर्छ नै साथै बाल मनोविज्ञान बुझेको पनि हुनुपर्दछ जसले गर्दा उनीहरूलाई घरपरिवार व्यवस्थापन गर्न पनि सहज हुन्छ।
भनिन्छ- आमाको बात पनि मिठो भात पनि मिठो लात पनि मिठो। त्यसैले  आफ्नो सन्तानलाई आवश्यकता अनुसार सही निर्देशन ,आवश्यकता अनुसार दण्ड र उत्प्रेरणा प्रदान गरी बच्चाको भविष्यको निम्ति आधारशिला खडा गर्नका लागि महत्वपूर्ण योगदान पुर्याउने ममताकी खानी सम्पूर्ण आमाहरूमा हार्दिक नमन।

111 thoughts on “आमाको काख,बात,भात र लात पनि मिठो”
  1. – Виноват, виноват, скажите точнее, – послышался над ухом Ивана Николаевича тихий и вежливый голос, – скажите, как это убил? Кто убил? – Иностранный консультант, профессор и шпион! – озираясь, отозвался Иван. взять микрозайм Но какую телеграмму, спросим мы, и куда? И зачем ее посылать? В самом деле, куда? И на что нужна какая бы то ни было телеграмма тому, чей расплющенный затылок сдавлен сейчас в резиновых руках прозектора, чью шею сейчас колет кривыми иглами профессор? Погиб он, и не нужна ему никакая телеграмма.

  2. Но он тотчас же подавил его своею волею и вновь опустился в кресло. веб разработка html – Ага, – слабым голосом сказал Степа, – ну, пока… – А вы скоро придете? – спросил Римский.

  3. Крысобой был на голову выше самого высокого из солдат легиона и настолько широк в плечах, что совершенно заслонил еще невысокое солнце. перевод паспорт сколько «Это их ввели на помост… – подумал Пилат, – а стоны оттого, что задавили нескольких женщин, когда толпа подалась вперед».

  4. Ах, кричали они напрасно: не мог Михаил Александрович позвонить никуда. нотариус Белицкая – Ты слышишь, прокуратор? – тихо повторил первосвященник.

  5. Не зная, как поступают в таких случаях, Степа поднялся на трясущиеся ноги и пошел по молу к берегу. нотариус Козлова Весь нижний этаж теткиного дома был занят рестораном, и каким рестораном! По справедливости он считался самым лучшим в Москве.

  6. – Разрешите мне присесть? – вежливо попросил иностранец, и приятели как-то невольно раздвинулись; иностранец ловко уселся между ними и тотчас вступил в разговор. Ремкомплекты форсунок топливных «Здравствуйте! – рявкнул кто-то в голове у Степы.

  7. Запахло эфиром, Иван ослабел в руках четырех человек, и ловкий врач воспользовался этим моментом и вколол иглу в руку Ивану. сделать косметический ремонт в квартире Прокуратор понял, что там, на площади, уже собралась несметная толпа взволнованных последними беспорядками жителей Ершалаима, что эта толпа в нетерпении ожидает вынесения приговора и что в ней кричат беспокойные продавцы воды.

Leave a Reply

Your email address will not be published. Required fields are marked *